यस अवसरमा कोरिया–नेपाल अन्तर्राष्ट्रिय आदानप्रदान संघ (KNIEA) की स्थायी प्रतिनिधि सृजना नेपाली (NEPALI SRIJANA) ले परदेशी भूमिमा पहिलोपटक नेपाली चित्रकलाको यसरी प्रदर्शनी हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो।
उहाँले आफ्नो आधिकारिक शुभकामना सन्देशमार्फत भाषा र भूगोलको सीमाभन्दा माथि उठेर कलाको माध्यमबाट दुई देशबीचको आपसी समझदारी, मित्रता र सांस्कृतिक मूल्यहरू साटासाट गर्न यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
”नेपाल र कोरियाबीच यस्ता कला तथा सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरू अझ व्यापक रूपमा आयोजना हुनुपर्छ,” उहाँले भन्नुभयो, “यी प्रयासहरू केवल व्यक्तिगत वा संस्थागत पहलमा मात्र सीमित नभई नेपाल सरकार तथा नेपाली राजदूतावासको प्रत्यक्ष सहकार्य र सक्रियतामा सञ्चालन हुनु आवश्यक छ। यसले नेपाली कलाकारका सिर्जनालाई कोरियाली समाजमा स्थापित गर्दै दुई देशबीचको कूटनीतिक र दीर्घकालीन सम्बन्धलाई थप मजबुत बनाउनेछ।”






