सउल,दक्षिण कोरिया – सविना कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर ८, २०२६ (आइतबार) का दिन विशेष भेटघाट, अन्तरक्रिया तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।

प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका प्रमुख (सभापति) युबिन श्रेष्ठ (रवि श्रेष्ठ) ले जानकारी दिनुभए अनुसार “परिवर्तनमा तपाईं हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
महामन्त्री विपिन कुमार आचार्यको प्रमुख आतिथ्य
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री माननीय विपिन कुमार आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। प्रवासमा रहेका नेपालीहरूका समस्या, वर्तमान नेपाली राजनीति, देश विकासमा प्रवासको भूमिका तथा पार्टीका आगामी नीतिका विषयमा महामन्त्री आचार्यसँग प्रत्यक्ष भेटघाट र गहन अन्तरक्रिया गर्ने अवसर रहने आयोजकले जनाएको छ।
यसैगरी, नेपालीहरूको महान् पर्व दीपावली तथा छठ पर्वको सुखद् अवसरमा आपसमा खुसी साटासाट र भ्रातृत्व अभिवृद्धि गर्न शुभकामना आदानप्रदान कार्यक्रमसमेत जोडिएको छ।
कार्यक्रमको विवरण:
- मिति: ८ नोभेम्बर २०२६, आइतबार (2026 November 8, Sunday)समय: दिउँसो ३:०० बजेदेखि स्थान: सोल (서울시 종로구 창신길 51, 5층 새마अुल 금고 – दोङदेमुन स्टेसन Exit No. 1 बाट २०० मिटर अगाडि,सम्पर्क: 010-6868-9316, 010-64476-0729, 010-2108-7582
सभापति युबिन श्रेष्ठले दक्षिण कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, रास्वपाका शुभेच्छुक, प्रतिनिधि र समर्थकहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।






