सिन्धुपाल्चोक,मनिसा कार्की
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको १५औँ जिल्ला अधिवेशनबाट बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) बालकृष्ण बस्नेत जिल्ला सभापतिमा चयन हुनुभएको छ।

Screenshot

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तर्फबाट आज बाह्रबिसेमा आयोजित अधिवेशनले बस्नेतलाई जिल्ला सभापतिमा चयन गरेको हो। वर्तमानमा संस्थापन पक्षले जिल्ला अधिवेशन नगरे पनि देउवा समूहले भने समानन्तर रूपमा जिल्ला अधिवेशनहरूलाई तीब्रता दिइरहेको छ।
हिजो साेमबार नाेभेम्बर २ तारिखका दिन बाह्रबिसेमा सम्पन्न उक्त अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
नव-निर्वाचित सभापति तथा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले पार्टी संगठनलाई एकताबद्ध, चलायमान र सुदृढ बनाउँदै आगामी दिनमा पार्टीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






