बुसान- दक्षिण कोरिया– सविना कार्की
दक्षिण कोरियाको बुसानस्थित नेपाली विद्यार्थी तथा समुदायको सक्रिय संस्था Nepalese Community in Busan (NCB) को आयोजनामा आगामी नोभेम्बर ९, २०२६ (सोमबार) का दिन ‘नेपाल ग्रान्ड फेस्टिभल २०२६’ (Nepal Grand Festival 2026) आयोजना हुने भएको छ।
प्रवासमा नेपाली कला, संस्कृति, भाषा र मौलिक पहिचानको प्रवर्द्धन गर्ने तथा कोरियामा रहेका नेपालीहरूबीचको आपसी सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ यो बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो।
यसैबीच, ख्याङ्नाम नेपाली समाजले एक शुभकामना सन्देश जारी गर्दै बुसानमा आयोजना हुन लागेको यस ‘नेपाल ग्रान्ड फेस्टिभल २०२६’ को भव्य सफलताको कामना गरेको छ। ख्याङ्नाम नेपाली समाजले नेपाली कला-संस्कृतिको संरक्षण र समुदायबीचको एकता अभिवृद्धिमा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
महोत्सवका मुख्य आकर्षणहरू: तल दिइएको छ।
सांस्कृतिक प्रस्तुतिहरू (Cultural Performances)
लाइभ ब्यान्ड प्रस्तुति (Live Band Performances)
ट्यालेन्ट शो (Talent Show): प्रथम पुरस्कार ५ लाख वन (KRW 500,000), द्वितीय पुरस्कार ३ लाख वन (KRW 300,000) र तृतीय पुरस्कार २ लाख वन (KRW 200,000) प्रदान गरिनेछ।लक्की ड्र उपहारहरू (Lucky Draw Gifts): हेडफोन र कफी कुपनहरू रहेको छ।
कार्यक्रमको विवरण:
मिति: ९ नोभेम्बर २०२६, सोमबार (2026 November 09, Monday)
समय: दिउँसो ३:३० बजेदेखि राति ९:०० बजेसम्म
स्थान: पुख्योङ नेसनल युनिभर्सिटी, दायोन क्याम्पस, D21 इन्डोर हल (Pukyong National University, Daeyeon Campus, D21 Indoor Hall)
प्रवेश शुल्क: सम्पूर्ण कोरियावासी नेपालीहरूका लागि प्रवेश निःशुल्क (FREE ENTRY) गरिएको छ।
नेपाली संस्कृति, सङ्गीत र प्रतिभाको संगम रहने यस ऐतिहासिक महोत्सवमा सहभागी भई कार्यक्रमको रौनकता बढाउन आयोजक संस्था NCB Korea ले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गरेको छ।






