ख्यङ्साङनाम्दाे दक्षिण कोरिया- सविना कार्की
MAMF फेस्टिवलमा खटिएर सहयोग गर्ने सम्पूर्ण नेपाली स्वयंसेवक तथा दाजुभाइ-दिदीबहिनीहरूका लागि आगामी नोभेम्बर ८ तारिख, आइतबारका दिन ग्यङ्साङनाम्दो विदेशी सहायता केन्द्र (경상남도외국인지원센터) मा नेपाली मौलिक खानाको विशेष कार्यक्रम (네팔 자국음식 행사) आयोजना गरिने ख्यङ्नाम इजुमिन सेन्टरकी परामर्शदाता एवं नेपाल कार्यक्रम प्रमुख योगिता गौतम (किम युमी)ले जानकारी दिनुभएको छ।

उक्त दिन सबैले एकैठाउँमा जम्मा भई सँगै खाना खाने र खुसी तथा अनुभव साटासाट गर्ने अवसर जुटने भएकाले कार्यक्रममा अनिवार्य उपस्थितिका लागि उहाँले हार्दिक अनुरोध गर्नुभएको छ। कार्यक्रमको थप विस्तृत जानकारी केही दिनभित्रै सार्वजनिक गरिनेछ।
डिसेम्बर १९ मा K-MD News र बहुसास्कृतिक फुड कम्पिटिसनको तयारी
त्यसैगरी, आगामी डिसेम्बर १९ तारिख, शनिबारका दिन किम्हे सहरमा आयोजना हुने K-다문화 음식 경진대회 (Korean Multicultural Food Competition) तथा K-MD News (Korea Multicultural Daily News) को तयारी र विविध विषयमा छलफल भएको छ।
विश्वविद्यालयको पढाइ र व्यस्तताका कारण शनिबार हुने बैठकहरूमा समय दिन केही असहजता भए पनि अब आफ्नो पढाइ र कामलाई व्यवस्थित गर्दै समुदायका हरेक गतिविधिमा सक्रियतापूर्वक समय दिने प्रतिबद्धता कार्यक्रम प्रमुख गौतमले व्यक्त गर्नुभएको छ। “समुदायको सेवा गर्नु मेरो लागि केवल जिम्मेवारी मात्र होइन, मनदेखिको माया र आत्मसन्तुष्टि पनि हो,” उहाँले भन्नुभयो।
”हामी जहाँ रहे पनि हाम्रो मन नेपाली हो, हाम्रो एकता नै हाम्रो शक्ति हो र हाम्रो पहिचान नै हाम्रो गर्व हो” भन्ने भावनासहित यस यात्रामा निरन्तर साथ र हौसला प्रदान गर्ने परिवार तथा सम्पूर्ण कोरियावासी नेपालीहरूप्रति उहाँले सधैँ ऋणी र आभारी रहने बताउनुभएको छ।






