छाङ्वन दक्षिण कोरिया– सविना कार्की
दक्षिण कोरियाको छाङ्वनमा भव्यताका साथ सम्पन्न एसियाकै ठूलो बहुसास्कृतिक महोत्सव MAMF २०२६ मा प्रतिकूल मौसम र अविरल वर्षाका बाबजुद पनि नेपाली समुदायले देखाएको अपार माया, सहभागिता र सहयोगप्रति ख्यङ्नाम इजुमिन सेन्टरकी परामर्शदाता एवं MAMF नेपाल कार्यक्रम प्रमुख योगिता गौतम (किम युमी) ले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। कार्यक्रम आयाेजना ख्यङनाम समाज दक्षिण काेरियाले गरेकाे हाे भने ।

अक्टोबर २५ तारिख सम्पन्न MAMF 2026 काे परेडमा मगर समुदायको प्रस्तुति नेपाल मगर संघ दक्षिण काेरिया थेगु शाखाले दिइएको थियो ।
ख्यङ्नाम इजुमिन सेन्टरदेखि MAMF महोत्सवमा नेपालको तर्फबाट मुख्य नेतृत्व सम्हाल्दै आउनुभएकी गौतमले नेपालको सास्कृतिक बजेट व्यवस्थापन, इजुमिन सेन्टरसँगको उच्चस्तरीय समन्वय तथा विभिन्न नेपाली संघ-संस्थाहरूलाई सास्कृतिक झाँकी र कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने मुख्य भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले महोत्सव सम्पन्न भएपश्चात् एक भावुक धन्यवाद सन्देश जारी गर्दै सम्पूर्ण कोरियावासी नेपालीहरूप्रति हृदयदेखि नै कृतज्ञता प्रकट गर्नुभएको हो।
“प्रतिकूल मौसमका बीच नेपाली समुदायको साथ अविस्मरणीय”
MAMF नेपालकी मुख्य संयोजक/कार्यक्रम प्रमुख योगिता गौतमले भन्नुभयो, “अविरल वर्षा र असहज परिस्थितिका बाबजुद पनि आफ्नो स्वास्थ्यको समेत पर्वाह नगरी, हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गर्दै ग्याङसाङनाम्दो नेपाली समुदाय र सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले देखाउनुभएको अपार माया, साथ र सहयोग हाम्रा लागि जीवनभर बिर्सन नसकिने अविस्मरणीय उपहार बनेको छ।”
उहाँले थप्दै भन्नुभयो, “यहाँहरूले दिनुभएको अमूल्य समय, निःस्वार्थ सहयोग र आत्मीयताले हामीलाई आगामी दिनहरूमा अझ अगाडि बढ्ने ठूलो हौसला, ऊर्जा र प्रेरणा प्रदान गरेको छ। यो अतुलनीय सहयोगका लागि हामी सदैव ऋणी रहनेछौँ।”
’हाम्रो एकता नै हाम्रो शक्ति हो’ भन्ने भावनाका साथ सम्पन्न MAMF २०२६ फेस्टिवलमा उपस्थित भई नेपालको मौलिक कला, संस्कृति र पहिचानलाई विश्वमञ्चमा भव्य रूपमा प्रस्तुत गर्न सहयोग गर्ने सम्पूर्ण नेपाली संघ-संस्था, कलाकार, स्वयंसेवक तथा दर्शकहरूप्रति गाैतमले पुन: नमनसहित धन्यवाद व्यक्त गर्नुभएको छ।

तस्बिर रन्जित क्षेत्री






