सविना कार्की
“हाम्रो एकता, हाम्रो पहिचान, समृद्ध सुदूरपश्चिम हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज (अंतर्राष्ट्रिय समिति) को आसन्न चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी २०८३ कात्तिक १४ गते (३१ अक्टोबर २०२६) का दिन आयोजना हुने भएको छ।
सुदूरपश्चिमको एकता, पहिचान, कला–संस्कृति र समृद्धिका लागि यस महाधिवेशनले नयाँ ऊर्जा र सकारात्मक दिशा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको विवरण:
मिति: २०८३ कात्तिक १४ गते (३१ अक्टोबर, २०२६)
स्थान: होटल फ्लोरा (होटल पौवा), धनगढी, कैलाली
समय: बिहान ११:०० बजे रहेको छ।
सल्लाहकार जितेन्द्र सिंह महताद्वारा सहभागिताका लागि आह्वान
सुदूरपश्चिमेली नेपाली समाजका सल्लाहकार जीतेन्द्र सिंह महताले एक शुभकामना सन्देश जारी गर्दै महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुभएको छ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस गरिमामय महाधिवेशन तथा सम्मेलनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन उहाँले हार्दिक अनुरोध गर्नुभएको छ।
चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा हुन गइरहेको यस कार्यक्रमले विश्वभर छरिएर रहेका सुदूरपश्चिमेलीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।






