सउल दक्षिण कोरिया– सविना कार्की
दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बू) समुदायको भाषा, सिरिजङ्गा लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धनका लागि क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४ औँ महाधिवेशन आगामी नोभेम्बर १५, २०२६ (आइतबार) का दिन हुने भएको छ।

संस्थाका अध्यक्ष विनोद सौदेनका अनुसार महाधिवेशनमार्फत चुम्लुङको भावी कार्यदिशा तय गरिनुका साथै सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने र नयाँ नेतृत्व चयन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरिनेछ।
कार्यक्रमको विवरण: हेर्नुहाेस
मिति: १५ नोभेम्बर २०२६, आइतबार (2026/11/15 Sunday) समय: बिहान ११:०० बजेदेखि हुनेछ।
स्थान: पूर्वी नेपालको सभाहल (서울특별시 종로구 창신4나길 6-15), सोल, दक्षिण कोरिया
सद्भाव र एकता सुदृढ बनाउने विश्वास
“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस महाधिवेशनले याक्थुङ समुदायबीचको एकता, सहकार्य र आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। साथै, महाधिवेशनले समुदायको मौलिक हक, अधिकार तथा पहिचानको मुद्दालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सौदेनले बताउनुभएको छ।
आयोजक किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण याक्थुङ आदाङबा, आदाङमा, तुतु तुम्याहाङ, अग्रज तथा अभिभावकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ।






