दक्षिण कोरिया– छाङ्वन सविना कार्की
दक्षिण कोरियाको छाङ्वोनमा यही अक्टोबर २५ तारिखमा हुने २१ औँ ‘माम्फ फेस्टिवल २०२६’ (MAMF) मा आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिन युवा पुस्ताकी चर्चित गायिका बबिना किराती दक्षिण कोरिया आइपुग्नुभएको छ।
ख्यङनाम समाज दक्षिण कोरियाका अध्यक्ष रवि खबासका अनुसार गायिका किराती नेपालबाट कोरिया आइपुगिसक्नुभएको छ भने महोत्सवलाई लक्षित गरी नेपाली समुदायले तयारीलाई तीव्र बनाएका छन्।
महोत्सवको सबैभन्दा मुख्य र आकर्षक मानिने सांस्कृतिक परेड (Cultural Parade) का लागि नेपाल मगर संघ थेगु शाखाले कौरा र सालैजो नृत्यको व्यापक तयारी गरेको छ।
अध्यक्ष खबासले समग्र नेपालको सांस्कृतिक विविधता र पहिचानलाई एउटै मञ्चमा अवलोकन गर्न सकिने यस ऐतिहासिक महोत्सवमा सहभागी हुन कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई छाङ्वोनस्थित योङ्जी कल्चरल पार्क (Yongji Cultural Park) मा हार्दिक निमन्त्रणा गर्नुभएको छ।






