सोल, दक्षिण कोरिया- दक्षिण कोरियामा क्रियाशील नेपाली क्रिकेट टोली तराई बोल्ट्स क्रिकेट टिम (Terai Bolts Cricket Team) को नयाँ जर्सी आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। टिमका खेलाडीहरूलाई प्रोत्साहन तथा सहयोग पुर्याउने उद्देश्यका साथ अलिभिया एजुकेसन कन्सेल्टेन्सी (Olivia Education Consultancy) का संस्थापक अजय कुशवाहाले जर्सी प्रायोजन गर्नुभएको हो। जर्सी सहयोगका लागि तराई बोल्ट्स टिमले कुशवाहाप्रति विशेष आभार व्यक्त गरेको छ।

यसैबीच, युनाइटेड नेपाल (United Nepal) को आयोजनामा सुरु भएको ‘हार्मोनी कप २०२६’ (Harmony Cup 2026) मा पनि तराई बोल्ट्स टिमले आफ्नो सहभागिता जनाएको छ। प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा टिमको सहभागिताले खेलाडीहरूमा थप उत्साह र ऊर्जा थपेको छ।
अवधेशराज चौरसियाको कप्तानीमा तराई बोल्ट्स
हार्मोनी कपसहित आगामी प्रतियोगिताहरूका लागि तराई बोल्ट्सले १४ सदस्यीय मजबुत टोलीको घोषणा गरेको छ। टिमको कप्तानी अवधेशराज चौरसियाले सम्हालेका छन् भने उपकप्तानको जिम्मेवारी नागलाल यादवलाई दिइएको छ।
तराई बोल्ट्स टिमका खेलाडीहरू:
१. अवधेशराज चौरसिया (कप्तान)
२. नागलाल यादव (उपकप्तान)
३. आरिफ जैन
४. रविन्द्र दास
५. सन्तोष शाही
६. सुशीलदीप क्षितिज
७. नौसाद अन्सारी
८. विशाल कुमार साह
९. रवि यादव
१०. रिकी साह
११. यमलाल बुद्ध
१२. देवनाथ कुशवाहा
१३. रोमन सुवेदी
१४. प्रशान्त ठाकुर
खेलकुदमार्फत कोरियामा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने लक्ष्य टिमले राखेको छ। तराई बोल्ट्स टिमले आगामी दिनमा पनि विभिन्न क्षेत्रीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउँदै नेपाली खेलकुदको पहिचानलाई कोरियामा थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।







