सउल, दक्षिण कोरिया- सविना कार्की
प्रवासी नेपाली मञ्च (ONF) राष्ट्रिय कमिटी दक्षिण कोरियाको आयोजनामा आयोजित विशेष भेटघाट तथा वनभोज कार्यक्रम २०२६ भव्य रूपमा सम्पन्न भएको छ। अक्टोबर १० र ११ (शनिबार र आइतबार) सउलको उइदोङस्थित परिसरमा आयोजित उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।
”सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संस्थाका नेता, कार्यकर्ता, सल्लाहकार तथा प्रवासी नेपालीहरूको ठूलो उपस्थिति रहेको थियो।
प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता
कार्यक्रममा निजी भ्रमणको सिलसिलामा दक्षिण कोरिया आइपुग्नुभएकी ONF महादेशीय कमिटी अमेरिकाकी अध्यक्ष यमुना भट्टराई पनि अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा दक्षिण कोरिया इन्चार्ज डा. सन्जु पौडेल, पूर्वी एसिया कमिटी उप-संयोजक मिना थापा, अन्तर्राष्ट्रिय कमिटी (ज्ञान, सीप तथा प्रविधि विभाग) सचिव अनित थपलिया र अन्तर्राष्ट्रिय कमिटी (बुद्धिजीवी विभाग) का सदस्य विमल सुवेदीको विशेष उपस्थिति रहेको थियो।
उत्कृष्ट व्यवस्थापन र बुसान कमिटीको भूमिका
राष्ट्रिय कमिटी मुख्य आयोजक रहे तापनि कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन बुसान क्षेत्रीय कमिटी (अध्यक्ष शिव विश्वकर्मा) ले आयोजक सरहकै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको थियो। कार्यक्रमलाई सुव्यवस्थित बनाउन मुख्य भूमिका खेल्नुहुने कार्यक्रम संयोजक एवं सल्लाहकार सुनिल कन्दङ्वा तथा व्यवस्थापनमा खटिनुभएका सल्लाहकार ध्यान राईको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा सल्लाहकारहरू सृजना नेपाली, आनन्द अधिकारी, सुजन ज्ञवाली, यज्ञराज सुवेदी र वीरकुमार ओलीको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।
अग्रज व्यक्तित्वहरूको उत्साहजनक सहभागिता
कार्यक्रममा अग्रज व्यक्तित्वहरू हर्क बिष्ट, गङ्गाराम राई (निवर्तमान सल्लाहकार), राज शर्मा (निवर्तमान सल्लाहकार), माधव अर्याल (राष्ट्रिय कमिटी उपसचिव), थानेश्वर पौडेल (राष्ट्रिय कमिटी उपसचिव) लगायत धर्मराज तिवारी, सुजन पण्डित, भक्ति निश्चल आचार्य, नैना राई र सागर सापकोटाको उपस्थिति रहेको थियो।
साथै, प्रतिकूल समय र परिस्थितिमा पनि उपस्थित भई तथा समयको प्रतिकूलताका कारण उपस्थित हुन नसके पनि आर्थिक एवं नैतिक रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई राष्ट्रिय कमिटीले धन्यवाद ज्ञापन गरेको छ।
ONF का अध्यक्ष अञ्जन कुलुङले समीक्षा बैठक र भावी योजनाबारे जानकारी गराउनु भएको छ।
वनभोज कार्यक्रमको समग्र समीक्षा गर्न र आगामी सांगठनिक कार्ययोजना तय गर्न निकट भविष्यमै समीक्षा बैठक आयोजना गरिने प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरियाका अध्यक्ष अन्जन कुलुङले जानकारी दिनुभयो।
उक्त बैठकमा सम्पूर्ण सदस्यहरूका महत्त्वपूर्ण विचार र सुझावहरूलाई समेटिने पनि अध्यक्ष कुलुङले बताउनुभयो।






