- सविना कार्की
सउल दक्षिण कोरिया — “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल मर्मका साथ नेपाल भलिबल संघ, दक्षिण कोरियाको आयोजनामा आगामी २०२६ अक्टोबर १८ तारिख आइतबार सुवनस्थित अजु युनिभर्सिटीको कभर्डहलमा “चौथो नेपाल कोरिया भलिबल कप २०२६” सञ्चालन हुने भएको छ।
प्रवासमा रहेका नेपाली खेलप्रेमीहरूलाई एकजुट बनाउने र आपत्-विपत् परेका खेलाडीहरूलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगिताबाट संकलित रकम खेलाडी राहत कोष स्थापनार्थ उपयोग गरिने आयोजक समितिले जनाएको छ। उक्त प्रतियोगिता २०२६ अक्टोबर १८, आइतबार बिहान ७:३० बजेदेखि Ajou University Volleyball Stadium, Suwon (경기 수원시 영통구 월드컵로 206)मा हुने जनाएको छ।
टिम दर्ताका लागि शुल्क:पुरुष तर्फ: ३ लाख ५० हजार वन,महिला तर्फ: निःशुल्क दर्ता
दर्ता गर्ने अन्तिम मिति: २०२६ अक्टोबर ११ तारिख, मध्याह्न १२:०० बजेसम्म
टाइसीट प्रकाशन: २०२६ अक्टोबर ११ तारिख, दिउँसो ३:०० बजे (भेटघाट रेस्टुरेन्ट, सुवन)
आकर्षक पुरस्कार तथा विधागत सम्मान:
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूका लागि नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ:
🏐 पुरुष तर्फ:
प्रथम (विजेता): २५ लाख ५० हजार वन + ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय (उपविजेता): १५ लाख ५० हजार वन + ट्रफी, मेडल र प्रमाणपत्र
सान्त्वना (दुई टिम): ५ लाख ५० हजार वन
उत्कृष्ट खेलाडी (MVP): १ लाख वन + ट्रफी, मेडल र प्रमाणपत्र
विधागत उत्कृष्ट (स्पाइकर, ब्लकर, लिबेरो, लिफ्टर): जनही ५० हजार वन + ट्रफी, मेडल र प्रमाणपत्र
🏐 महिला तर्फ:
प्रथम (विजेता): ५ लाख वन + ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय (उपविजेता): २ लाख वन (पोस्टर अनुसार १ लाख वन) + ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी: ५० हजार वन + ट्रफी, मेडल र प्रमाणपत्र
दर्ता तथा बैंक विवरण:
बैंकको नाम: Woori Bank (우리은행)
खाता नम्बर: 1002-365-980002
खातावालाको नाम: KHATIWADA SANJEEV

सम्पर्कका लागि:
प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि नेपाल भलिबल संघ दक्षिण कोरियाका पदाधिकारीहरूलाई देहायका नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
विरेन्द्र राहुँ मगर: 010-8095-3601
देवेन्द्र पुन मगर: 010-6791-1669
पुस्कल पुन: 010-7263-3368
खोम प्रसाद गुरुङ: 010-2511-1124
चन्द्र राना मगर: 010-7565-2051
सोमु भलञ्जा छन्त्याल: 010-7299-0829
नारायण पौडेल: 010-5939-2481
ब्रो. तमु: 010-7583-1699
आयोजक संस्थाले कोरियामा रहेका सम्पूर्ण संघ-संस्था, खेलप्रेमी, क्लब तथा खेलाडीहरूलाई आफ्नो टिम दर्ता गराई भव्य रूपमा सहभागी भइदिन हार्दिक अपिल गरेको छ।






