यश वर्ष नेपाल मगर संघ थेगुको अगुवाइमा मगर संस्कृति विश्व मञ्चमा प्रस्तुत हुने भएको छ।
सविना कार्की दक्षिण काेरिया छाङ्वन मासान
दक्षिण कोरियामा बहुसांस्कृतिक सद्भाव र सांस्कृतिक आदानप्रदानको प्रमुख केन्द्रका रूपमा स्थापित बहुप्रतिक्षित MAMF (Migrants’ Arirang Multicultural Festival) २०२६ को २१औँ संस्करणको तयारी तिब्र पारिएको छ। ख्यानाम इजुमिन सेन्टर छाङवले आयाेजना गरेकाे उक्त कार्यक्रम अक्टोबर २५, २०२६ आइतबार का दिन 창원 용지문화공원 창원시 सांस्कृतिक पार्क, दक्षिण कोरियामा हुनेछ । कार्यक्रम बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ भने निःशुल्क (Free Entry) गर्न सकिने ख्यङनाा समाज काेरियाका अध्यक्ष रवि खवासले बताउनु भएको छ।
कोरियाको विकाससँगै विभिन्न (सिलसिला) मा यहाँ बसोबास गर्ने विदेशीहरूको संख्या दिनप्रतिदिन बढ्दै जाँदा कोरियन नागरिक र विदेशीहरू तथा विदेशी-विदेशीबीचको सांस्कृतिक भिन्नताको खाडललाई कम गर्दै “देशको सिमाना बाहिरका सबै मान्छे एकै हो” भन्ने उद्देश्यसहित सन् २००५ मा सोलबाट सुरु भएको यो कार्यक्रम हाल निरन्तर रूपमा 창원 मा बर्षेनि सञ्चालन हुँदै आएकाे छ। भने याे वर्ष २१औँ संस्करणमा आइपुगेको छ।
२१औँ संस्करणसम्म आइपुग्दा यो महोत्सव सांस्कृतिक खाडल पुर्ने माध्यम मात्र नभई, सहभागिता जनाउने देशहरूले आ-आफ्नो देशको कला, संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धन गर्ने गतिलो माध्यमका रूपमा समेत विकसित भएको छ।
गत वर्ष आयोजित कार्यक्रममा नेपालको तर्फबाट नेवारी संस्कृतिसँग जोडिएको जीवित देवी कुमारीको प्रस्तुतिले सबैको ध्यान तान्न सफल भएको थियो भने लाखे नाचले पनि दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। कोरियाभरिबाट नेपालीहरू आ-आफ्नो जातीय पहिरन तथा दौरा-सुरुवालमा सजिएर चाडपर्वको मुखैमा रमाउने यो कार्यक्रम कोरियावासी नेपालीहरूका लागि एक प्रकारको ‘नेपाली डे’ (Nepali Day) कै रूपमा स्थापित हुँदै आएको छ।
MAMF का लागि १६ देश को लिडर हरु बिच को अन्तिम मिटिङ संगै फिल्ड भिजिट गरिसकिएको छ।
उक्त कार्यक्रममा करिव ७० देखि ७५हजार दर्शक प्रत्यक्ष आयर अवोलकन गर्ने सकिन अध्यक्ष खवासले बताउनुभएको छ।माम्फको परेड र एसियन कन्सर्ट संसार को जुन सुकै कुनाबाट Mamf youtub channel र
MBC tv मा प्रत्यक्ष प्रसारण प्रत्यक्ष हेर्न सकिने पनि उहाँले बताउनुभएकाे छ।यस वर्षको मुख्य आकर्षण: मगर समुदायको ऐतिहासिक सांस्कृतिक परेड
यस वर्ष नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष दीक्षा मगरको अगुवाइमा नेपाली समुदायको तर्फबाट विशेष सहभागिता जनाइँदैछ। कोरियामा मगर समुदायले आ-आफ्नै तर्फबाट विभिन्न कार्यक्रमहरू जस्तै—भुमे पूजा, कौरा साँझ तथा खेलकुदका माध्यमबाट आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्दै आएकोमा, यसपटक जगेर्ना गरिएको सोही सांस्कृतिक युनिटीलाई सिङ्गो नेपालको प्रतिनिधित्व गराउँदै विभिन्न १६ वटा देशका नागरिकहरूको माझमा गर्बिलो प्रस्तुतिसहित संसारभरि चिनाउने एक ऐतिहासिक क्षणमा पुगेको छ।
यस वर्षको परेडमा सिङ्गो मगर समुदाय तथा विभिन्न मगर संघ-संस्थाका प्रतिनिधिहरूले आफ्ना मौलिक कला, संस्कृति र रहनसहनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परामर्शदाता याेगिता गाैतमले जानकारी दिनुभएको छ।
कार्यक्रमका अन्य प्रमुख आकर्षण तथा प्रस्तुतिहरू:
सिङ्गो नेपालको प्रतिनिधित्व: युवा पुस्ताकी चर्चित गायिका बबिसना किराँती (Babina Kiratee) को विशेष सांगीतिक प्रस्तुति।
सामूहिक तथा मौलिक प्रस्तुतिहरू:
सगरमाथा समाज हामान कोरियाको प्रस्तुतिमा कोरियाकै एकमात्र चर्चित मौलिक पञ्चेबाजा समूह,सुदूरपश्चिम प्रदेश समाज बुसानको तर्फबाट उत्कृष्ट देउडा प्रस्तुति,Ncb Nepal विद्यार्थी समूह बुसानका विविध सांस्कृतिक प्रस्तुतिहरू त्यसैगरी सउलदेखि थारू समुदायको सांस्कृतिक सामूहिक नृत्य रहेको छ।
एकल (Solo) सांगीतिक तथा नृत्य प्रस्तुतहरू: चर्चित डान्सर/मोडल सुन्दर घलान, डान्सर गोपिका नेपाल, गायकहरू पेम्बा लामा, विमन्त लिम्बू, सुरेन्द्र बस्नेत, प्रलाप राई, चार्ली चार्ल्स र र्यापर प्रकाश गिरी।
दशैँ विशेष उत्सव: विजया दशमीको पावन अवसरमा टीका र जमरासहित भव्य रूपमा दशैँ शुभकामना आदानप्रदान कार्यक्रम।समेत रहेको ख्यङनाम समाज काेरियाका अध्यक्ष रवि खवासले बताउनुभएको हाे।
परदेशमा नेपाली कला, संस्कृति र पहिचानलाई उच्च राख्दै, अझ विशेषगरी मगर समुदायको मौलिकतालाई विश्वमञ्चमा प्रस्तुत गर्न गइरहेको यस महाउत्सवमा दक्षिण कोरियामा रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनुहुन आयाेजकले हार्दिक अनुरोध गरिएको छ।






