सिन्धुपाल्चोक बाह्रबिसे – उमेश जंङ कार्की
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ का विभिन्न गाउँपालिका र बाह्रबिसे नगरपालिकामा पालिका तथा नगर अधिवेशन सुरु भएको छ। पार्टीको संस्थापन पक्ष (देउवा समूह) का तर्फबाट सक्रिय रहँदै आउनुभएका बाह्रबिसे नगरपालिकाका मेयर तथा कांग्रेस नेता बालकृष्ण बस्नेतले अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण क्रियाशील सदस्य तथा नेता-कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ।
चार वर्षमा एकपटक आउने यो महत्त्वपूर्ण अवसरमा व्यक्तिगत स्वार्थ र पूर्वाग्रहभन्दा माथि उठ्न उहाँले विशेष जोड दिनुभएको छ।
मेयर बालकृष्ण बस्नेतको अपिल निम्न छन्।
सक्षम र इमानदार नेतृत्व: जनताको सुख–दुःखमा साथ दिन सक्ने, सुशासन र विकासका लागि प्रभावकारी भूमिका खेल्ने तथा आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई अझ बलियो बनाउने सक्षम नेतृत्व चयन गर्नुपर्ने।
संकटमा अग्रपंक्तिमा उभिने सिपाही: देश र जनतालाई विपद्, अप्ठ्यारो र संकट पर्दा अग्रपंक्तिमा उभिएर सच्चा सिपाहीको भूमिका निर्वाह गर्न सक्ने नेतृत्व आजको मुख्य आवश्यकता रहेको।
एकता र सुदृढीकरण: जित–हारको भावनाभन्दा माथि उठेर नेपाली कांग्रेसको एकता, संगठनको मजबुती र जनताको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने।
मर्यादित अधिवेशन: कुनै पनि तिक्तताबिना भव्य, सभ्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य भएको।
अधिवेशनको कार्यक्रम विवरण:
मिति: असोज २० गते भाेलि दिउँसो १२:३० बजे खुर्सानी बारीकाे यक हलमा हुनेछ ।

स्थानीय तहमा पार्टीको सांगठनिक सुदृढीकरण र देउवा पक्षीय रणनीतिक तयारीका हिसाबले यस अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।







