बाह्रविसे: सविना कार्की
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा बाह्रविसे नगरपालिकाकी उपप्रमुख मन्जु गोले तामाङ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उत्कृष्ट मतसहित निर्वाचित हुनुभएको छ।

पार्टीभित्रको लामो राजनीतिक सक्रियता, सङ्गठनप्रतिको उच्च प्रतिबद्धता र जनतासँगको निरन्तर जोडिएको सम्बन्धलाई महाधिवेशन प्रतिनिधिहरूले मतदानमार्फत अनुमोदन गरेको यस विजयले पुष्टि गरेको छ। स्थानीय तहमा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी तामाङको यो विजयले पार्टीको सङ्गठन सुदृढीकरणमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

उहाँको यो ऐतिहासिक तथा सफल राजनीतिक यात्रा र आगामी कार्यकालको पूर्ण सफलताका लागि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाइ तथा शुभकामना दिएकाे छ।






