कोरियामा २१औँ MAMF २०२६ फेस्टिबल-
दक्षिण कोरिया: छाङ्वन सविना कार्की
दक्षिण कोरियामा प्रवासीहरूको सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सवमध्ये एक २१औँ माम्फ (MAMF – Migrants’ Arirang Multicultural Festival) २०२६ आयोजना हुने भएको छ।
दक्षिण कोरियाको ख्यङ्नाम,छाङ्वनस्थित योङ्जी सांस्कृतिक पार्कमा हुने यस महोत्सवमा यस वर्ष पनि नेपाली समुदायको तर्फबाट भव्य सहभागिता रहने ख्यङ्नाम नेपाली समाज दक्षिण काेरियाका अध्यक्ष रवि खवासले बताउनुभएको छ।
महान् चाड दशैँको पावन अवसरमा कोरियाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूबीच आत्मीय भेटघाट, शुभकामना आदान–प्रदान तथा नेपालको कला, संस्कृति, भाषा र भेषभूषालाई विश्वसामु प्रस्तुत गर्न यो विशेष अवसर जुुरेको अध्यक्ष खवासकाे भनाइ छ।
कार्यक्रमका मुख्य आकर्षणहरूयस्तो रहेको छ।
कलाकारको प्रस्तुति: युवा पुस्तामाझ लोकप्रिय गायिका बबिना किरातीको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
सांस्कृतिक झाँकी तथा परेड: मगर समुदायको मौलिक संस्कृति, कौरा तथा सालैजो सहितको सांस्कृतिक झाँकी तथा परेड प्रदर्शन गरिनेछ।
मौलिक बाजा तथा नृत्य: सगरमाथा समाजको मौलिक पञ्चेबाजा, सुदूरपश्चिम समाजको मौलिक देउडा प्रस्तुति, थारू समुदायको सांस्कृतिक सामूहिक नृत्य र NCB Nepali Students को विशेष सामूहिक नृत्य रहनेछ।
स्थानीय कलाकारहरू: विभिन्न चर्चित स्थानीय कलाकारहरूको समेत बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।
कार्यक्रमको थप विवरण
मिति: २०२६ अक्टोबर २५ (आइतबार) हुनेछ ।
समय: बिहान ९:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म (प्रवेश निःशुल्क) रहनेछ ।
स्थान: 창원시 용지문화공원 (Changwon, दक्षिण कोरिया)

कोरियामा रहेका सम्पूर्ण नेपाली संघ–संस्था, समुदाय, विद्यार्थी, कलाकार तथा दाजुभाइ–दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित हुन आयोजकले आग्रह गरेको छ। सम्भव भएसम्म आफ्नो जातीय पोसाक वा राष्ट्रिय पोसाकमा उपस्थित भई नेपालको पहिचानलाई अझ भव्य रूपमा झल्काइदिनुहुन समेत अनुरोध गरिएको छ।







