सविना कार्की
नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि सोलुखुम्बुबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्लातर्फ) पदमा चोलेन्द्र बहादुर कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवामा सक्रिय रहँदै आएका कार्कीले संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ।
राजनीतिक यात्रा र संघर्ष
२०६१ सालदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनमा आबद्ध भई उहाँले निरन्तर सक्रिय राजनीतिक यात्रा गर्दै आउनुभएको छ।
तत्कालीन राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा उहाँले २४ दिनसम्म जेल जीवन समेत बिताउनुभएको थियो।
वि.सं. २०६४ सालदेखि पार्टीका विभिन्न आन्दोलन, कार्यक्रम तथा निर्वाचनहरूमा उहाँले अग्रपङ्क्तिमा रहेर जिम्मेवारी पूरा गर्नुभएको छ।
पर्यटन क्षेत्रको नेतृत्व र सामाजिक योगदान
उहाँले २०७६ भदौ १९ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) को प्रथम उपाध्यक्षमा निर्वाचित भएर सफल कार्यकाल पूरा गर्नुभएको छ।
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको संस्थापक उपाध्यक्षका रूपमा समेत उहाँले पर्यटन व्यवसायीहरूको हकहित र संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
उम्मेदवारीको मुख्य उद्देश्य
राजनीतिलाई पद प्राप्तिको माध्यम मात्र नभई समाजसेवा र संगठनप्रतिको जिम्मेवारीका रूपमा लिने कार्कीले आफ्नो अनुभव र ऊर्जालाई पार्टी सुदृढीकरणमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “तपाईंको विश्वास — मेरो जिम्मेवारी” र “तपाईंको साथ — संगठन सुदृढ गर्ने मेरो प्रतिबद्धता” को नारासहित उहाँले सम्पूर्ण प्रतिनिधिहरूप्रति सहयोगको अपिल गर्नुभएको छ।






