सविना कार्की
सिन्धुपाल्चोक – नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेश सभा (क) को प्रदेश सभापति पदका लागि सक्रिय युवा नेता रेशम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
विभिन्न राजनीतिक तथा सामाजिक उत्तरदायित्व सफलतापूर्वक निर्वाह गर्दै आउनु भएका तामाङ हाल बाह्रबिसे नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षसमेत हुनुहुन्छ। स्थानीय तहमा जनपक्षीय काम गरेर जनमानसमा बलियो छवि बनाउनु भएका तामाङको उम्मेदवारीलाई त्यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरूले निकै महत्त्वका साथ हेरेका छन्।
उम्मेदवार रेशम बहादुर तामाङको प्रतिवद्धता र अपिल:
उम्मेदवारी घोषणासँगै आफ्ना धारणा राख्दै नेता तामाङले पार्टीको विधि र विधानलाई शिरोधार्य गर्दै सधैँ जनताको सुख-दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “विधि-विधानमा रही जनताको सुख-दुःखमा साथ दिई राम्रो काम गर्नेछु।”
साथै, उहाँले क्षेत्रीय सभापतिज्यू, क्षेत्रीय प्रतिनिधिज्यूहरू तथा सम्पूर्ण पार्टी पङ्क्तिलाई लक्षित गर्दै अपिल गर्नुभएको छ, “जनताको साथ र सहयोगमा रही मलाई क्षेत्रीय इकाई सभापतिज्यू र क्षेत्रीय प्रतिनिधिज्यूहरूबाट अत्यधिक मतले विजयी गराउनुहुन अनुरोध गर्दछु, भन्दै आग्रह समेत गर्नुभएको छ।
”राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को आदर्शलाई आत्मसात् गर्दै अगाडि बढेको यस महाधिवेशन अभियानमा नेता तामाङको उम्मेदवारीले सिन्धुपाल्चोक कांग्रेसमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।







