सविना कार्की
”दक्षिण कोरियाको प्रतिष्ठित बहुसांस्कृतिक महोत्सव ‘माम्फ फेस्टिभल (MAMF 2026)’ को २१औँ संस्करणमा नेपालको कला र संस्कृति घन्काउने तयारी सुरु भएको छ। ख्युङ्नाम नेपाली समाज, दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो मौलिक पहिचान झल्काउन इच्छुक नेपाली कलाकार तथा सांस्कृतिक समूहहरूलाई समयमै नाम दर्ता गराउन आह्वान गरेको छ।”
दक्षिण कोरिया — दक्षिण कोरियाको प्रतिष्ठित बहुसांस्कृतिक महोत्सवको रूपमा परिचित Migrants’ Arirang Multi-cultural Festival (MAMF) को २१औँ संस्करणमा नेपाली कला, संस्कृति र पहिचान झल्काउने प्रस्तुति दिने तयारी थालिएको छ। यसै सन्दर्भमा ख्युङ्नाम नेपाली समाज, दक्षिण कोरिया ले एक सूचना जारी गर्दै फेस्टिभलमा आफ्नो सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिन इच्छुक नेपाली कलाकार तथा समूहहरूलाई समयमै नाम दर्ता गराउन हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण:
महोत्सवको नाम: २१औँ माम्फ फेस्टिभल (MAMF 2026)
आयोजक संस्था: ख्युङ्नाम नेपाली समाज, दक्षिण कोरिया (Gyeongnam Nepalese Community)
मिति: आगामी २०२६ अक्टोबर २५ (आइतबार)
नाम टिपाउने अन्तिम मिति:
महोत्सवको ‘Migrants’ Arirang Stage’ मार्फत आफ्नो प्रस्तुति दिन चाहने कलाकार वा सांस्कृतिक समूहहरूले आगामी २०२६ अक्टोबर १९ भित्र आफ्नो नाम तथा प्रस्तुतिको विवरण नेपाली समूह व्यवस्थापन टोलीसमक्ष टिपाउनुपर्नेछ।
विशेष जानकारी:
नेपालको मौलिक कला, संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचान झल्किने उत्कृष्ट र प्रभावकारी प्रस्तुतिहरूलाई विशेष प्राथमिकता दिइने समाजले जनाएको छ।
सम्पर्क विवरण (नाम टिपाउनका लागि):
रबि खवास (अध्यक्ष): 010-21562044
दिपक आचार्य (महासचिव): 010-21813215
प्रवासको ठूलो मञ्चमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको कला र सङ्स्कृतिलाई गर्वका साथ प्रस्तुत गर्न इच्छुक सम्पूर्ण कलाकार तथा दाजुभाइ दिदीबहिनीहरूलाई तोकिएको मितिभित्र नाम टिपाएर सहयोग गरिदिनुहुन आयोजक संस्थाले अनुरोध गरेको छ।






