दक्षिण कोरिया — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा ख्यङ्नाम नेपाली समाजले दक्षिण कोरियाको मासानस्थित ‘नमस्ते नेपाल रेष्टुरेन्ट’मा एक विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ।
ग्योङ्नाम माइग्रेन्ट सेन्टर (경남이주민센터) को सहयोग तथा समन्वयमा आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरूबीच एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
सोही अवसरमा मासानमा नयाँ सञ्चालनमा आएको ‘नमस्ते नेपाली रेष्टुरेन्ट’को पनि औपचारिक रूपमा भव्य उद्घाटन (ओपनिङ) गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमको विवरण:
मिति: २०२६ सेप्टेम्बर १३, आइतबार (2026년 9월 13일 일요일)
समय: दिउँसो ३ बजेदेखि राती १० बजेसम्म
स्थान: नमस्ते नेपाली रेष्टुरेन्ट, दोस्रो तला (경상남도 창원시 मासान)
आयोजक: ख्यङ्नाम नेपाली समाज
सहयोग: ग्योङ्नाम माइग्रेन्ट सेन्टर (경상남도외국인주민지원센터)
आयोजक समितिले ख्यङ्नाम क्षेत्र तथा आसपासका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई तीजको शुभकामना आदानप्रदानका साथै कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।






