दक्षिण कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएका नेपालीहरूलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले छैटौँ पटक नि:शुल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा सञ्चालन गर्ने भएको छ। कोरियाली चिकित्सक विभाग र एनआरएनए कोरिया बीच भएको सम्झौता अनुसार उक्त शिविर आयोजना गर्न लागिएको हो।
संघकी अध्यक्ष पार्वती तामाङ (मोक्तान) का अनुसार यो सेवा कोरियामा रहेका हरेक नेपालीका लागि पूर्ण नि:शुल्क उपलब्ध गराइनेछ।
कार्यक्रम तथा उपचार सम्बन्धी विवरण:
मिति र समय: २०२६ सेप्टेम्बर १९, शनिबार, दिउँसो ठीक ३ बजे
स्थान: 서울 광진구 아차산로 382 (2 호선 구의역 4 번 출구) 서울점프정형외과
उपलब्ध सेवाहरू:
हाडजोर्नी उपचार (정형외과)
आन्तरिक रोग उपचार (내과)
कान-नाक-घाँटी उपचार (इएनटी / 이비인후과)
रगत परीक्षण (피검사) तथा एक्स-रे परीक्षण (X-ray 검사)
भौतिक उपचार (फिजियोथेरापी / 물리치료) तथा औषधि सिफारिस (약처방)
नाम दर्ता तथा बुकिङका लागि सम्पर्क:
स्वास्थ्य शिविरमा भाग लिनका लागि आफ्नो नाम, सम्पर्क नम्बर र ठेगाना टिपाइ समयमै सिट सुरक्षित गर्न एनआरएनए दक्षिण कोरियाका पदाधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्पर्क व्यक्तिहरू:
पार्वती तामाङ: 01085358860
तारा पुन मगर: 01073420412
मिता गुरुङ: 01073759085
दुर्गा प्रसाद ढकाल: 01022155955
बिकास बोहोरा: 01026536454
कमल भण्डारी (महासचिव): 01079012051
आयोजक संस्थाले कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो नि:शुल्क स्वास्थ्य सेवाको लाभ लिन हार्दिक अपिल गरेको छ।






