संयाेजक केपि सिटाैलाकाे विशेष पहलमा नेपालका बाढीपीडितलाई हेल्पिङ रोड’को १ करोड वन सहयोग भएको छ।
सउल दक्षिण कोरिया – गत अगस्ट २६ मा रसुवागढी क्षेत्रबाट सुरु भई भोटेकोसी र त्रिशूली नदी आसपासका बस्तीमा विनाश मच्चाएको बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा पुनःस्थापनाका लागि दक्षिण कोरियाली सामाजिक संस्था ‘हेल्पिङ रोड’ (Helping Road) ले १ करोड कोरियन वन (करिब ७ हजार २७३ अमेरिकी डलर) सहयोग प्रदान गरेको छ।
हेल्पिङ्ग रोड कोरियाका अन्तर्राष्ट्रिय संयोजक तथा आशाका कोपिला, नेपालका अध्यक्ष के.पी. सिटौलाकाे विशेष पहलमा रुसुवा बाढीपीडितका लागि १ कराेड काेरियन वन तथा( ११ लाख १० हजार ४१७ रुपैयाँ) सहयोग प्रदान गरिएको हाे ।

उक्त रकम संस्थाका अध्यक्ष भिक्षु ली जी–साङ र संयाेजक सिटौलाले शुक्रबार सेप्टेम्बर ४ तारिखका दिन दक्षिण कोरियास्थित नेपाली दूतावासमा पुगेर कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईलाई सो रकम बराबरको सांकेतिक चेक हस्तान्तरण गर्नुभएको हो। औपचारिक चेक हस्तान्तरणअघि नै सेप्टेम्बर ३, तारिख २०२६ मा उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा भइसकेको जानकारी संयाेजक सिटौलाले दिनुभयो। नेपालका लागि अझै सहयोग जुटिरहेको पनि सिटालाको भनाई छ।
विपत्तिको क्षणमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता
भोटेकोसी र त्रिशूली नदीमा आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। घर, सडक, पुल र जलविद्युत् आयोजना ध्वस्त भई हजारौँ नागरिक विस्थापित बनेका बेला मित्रराष्ट्र कोरिया र त्यहाँका सामाजिक संस्थाहरूले ऐक्यबद्धता जनाएका हुन्।
सहयोग रकम ग्रहण गर्दै कार्यवाहक राजदूत भट्टराईले कोरियाली नागरिक र संस्थाले देखाएको यो मानवीय सद्भावप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार कोरियाले आर्थिक सहयोगका साथै प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि विशेष क्षमताको उद्धार टोलीसमेत परिचालन गरेको छ।
पुनःस्थापनाका लागि थप सहयोगको अपिल
बाढी प्रभावित क्षेत्रमा दसौँ दिनमा पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी छ। तत्कालीन राहत पुगे पनि क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि अझै ठूलो स्रोतको आवश्यकता रहेको छ। नेपाल सरकारले यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका संघ-संस्था र शुभेच्छुकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जारी राख्न आह्वान गरेको छ।






