छुसकमा कर्णाली प्रदेशको “रारा सांगीतिक सौगात भाग-२” हुँदै, चर्चित कलाकारहरूले माहोल तताउदै
सोल, दक्षिण कोरिया। कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा यहि २६ सेप्टेम्बर २०२६ मा “रारा सांगीतिक सौगात भाग-२” लोक तथा डेउडा साँझ आयोजना हुने भएको छ। कोरियालीहरूको महान पर्व छुसकको शुभ अवसर पारेर यो बृहत् सांगीतिक कार्यक्रम गर्न लागिएको हो।
कर्णालीका दूरदराज एवं विकट क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने तथा संस्थाको आपतकालीन राहत कोषलाई अझ मजबुत बनाउने पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालका बहुचर्चित गायक-गायिका तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ।
मुख्य आकर्षक कलाकारहरू:
ईब्सल सन्ज्याल (चर्चित गायिका)
गौरी भट्ट (लोक तथा डेउडा गायिका)
कमल बिरही थापा (लोक तथा देउडा गायक)
युबराज शर्मा (गायक)
गिता चनारा (गायिका)
पृथ्वी मगर (लोक गायक)
शारदा पुन (नृत्य प्रस्तुतकर्ता)
नेपाली कला, संस्कृति र मौलिक लोक तथा डेउडा भाकाको प्रवर्द्धनका साथै सामाजिक कार्यमा सहयोग पुर्याउने हेतुले आयोजना गरिएको यस सांगीतिक साँझलाई भव्य रूपमा सफल पार्न दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक कर्णाली प्रदेश समाजले हार्दिक निमन्त्रणा र उपस्थितिको लागि अपिल गरेको छ।
कार्यक्रमको विवरण:
मिति: २६ सेप्टेम्बर २०२६ (शनिबार)
समय: बेलुका ८:०० बजे देखि बिहान ५:०० बजे सम्म
स्थान: 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15번지 (सिन्दाङ स्टेसन – Train Line 2/6, Sindang Station, Gate No. 12 बाट २०० मिटर अगाडि)
आयोजक: कर्णाली प्रदेश समाज, दक्षिण कोरिया







