सविना कार्की – नेपाली राजदूतवास सिओल, दक्षिण कोरियाले भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपाली श्रमिकहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ।

यही भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेपाली नागरिकहरूलाई नेपाल फर्कन कम्पनीबाट बिदा वा अनुमति पाउन धौ-धौ परेको भए दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पठाउनुपर्ने विवरणहरू:
पूरा नाम र नेपालको स्थायी ठेगाना
टेलिफोन नम्बर र राहदानी (Passport) नम्बर
एलियन रजिस्ट्रेसन कार्ड (ARC) नम्बर
कार्यरत कम्पनीको Manager को सम्पर्क नम्बर तथा ईमेल ठेगाना
सम्पर्क नम्बरहरू:
श्रम काउन्सेलर: +९७७९८५११८५१८६ (WhatsApp)
Legal Adviser: +८२१०४९७९३२२९
घरमा परेको संकटका कारण तत्काल नेपाल फर्कन कम्पनीसँग बिदा/अनुमति लिन कठिनाइ भइरहेका श्रमिकहरूलाई दूतावासका उल्लेखित ह्वाट्सएप वा फोन नम्बरमा आफ्ना विवरणहरू पठाई सहज रूपमा स्वदेश फर्कने वातावरण मिलाउन आग्रह गरिएको छ।






