दक्षिण कोरियास्थित ख्याङ्नाम नेपाली समाजले नेपालका बाढीपीडितका लागि संकलन गरेको १२ लाख ५० हजार ५०० कोरियन वन (करिब १ लाख ३८ हजार नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

नेपालका रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा आएको विनाशकारी बाढी र प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि समाजले सो रकम संकलन गरेको हो।
संकलित रकमको विवरण:
संस्थागत सहयोग: २,५०,००० वन
व्यक्तिगत संकलन (१७ जना दाताहरूबाट): १०,००,५०० वन
जम्मा संकलित रकम: १२,५०,५०० वन (रू. १,३८,०००)
-
सहयोगी दाताहरूको नामावली:
-
दीपक आचार्य: १००,००० वन
-
केदार अधिकारी तथा लक्ष्मी काप्री: १००,००० वन
-
धनबहादुर मगर तथा बानी मगर: १००,००० वन
-
अमर मेचे: १००,००० वन
-
नारायण गिरी: ५०,००० वन
-
रवि खवास: ५०,००० वन
-
दीपक रिमाल: ५०,००० वन
-
बिबास पौडेल: ५०,००० वन
-
मनिष मगर: ५०,००० वन
-
अशोक थापा: ५०,००० वन
-
रीता पुन: ५०,००० वन
-
निशा लगुन: ५०,००० वन
-
रमेश अधिकारी: ५०,५०० वन
-
किम युमी (김유मी): ५०,००० वन
-
इम सोही (임소희): ५०,००० वन
-
किम सरा (김서라): ३०,००० वन
-
सञ्जय सुवाल थापा: २०,००० वन
प्रवासमा रहेर पनि मातृभूमिको दुःखमा मल्हम लगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको समाजका अध्यक्ष रवि खवास र महासचिव दीपक आचार्यले जनाउनुभएको छ। संस्थाले अभियानमा साथ दिने सम्पूर्ण कोरियन तथा नेपाली सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।






