“देश रोएको बेला हाम्रो पनि ऐक्यवद्धता, भन्ने उदेश्यका साथ राप्ती समाज दक्षिण काेरिया र अठार मगरात खामभाषी सम्पर्क मञ्चद्वारा बाढीपीडितलाई रु ४ लाख ५२ हजार ३ शय रुपैयाँ हस्तान्तरण ” गरेकाे छ।

नेपालमा परेको भारी बर्षाका कारण रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका लगायतका क्षेत्रमा १९ जनाको दुःखद निधन हुने गरी आएको भीषण वाढीपहिरो पीडितहरूलाई केही राहत होस् भनि अगस्ट १७ देखि २१ सम्म राहत संकलन अभियान चलाइएको थियो।
राप्ती समाज दक्षिण कोरिया र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको समन्वय, श्री युवराज घर्ती मगरज्यूको संयोजकत्वमा दक्षिण कोरियामा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रोल्पालीहरुको सक्रियतामा बाढीपहिरो पीडित राहत सहयोग सङ्कलन अभियान सन्चालन गरिएको थियो।

अभियान कर्ता सुबिन्द्र मगर का अनुसार अभियानमा दक्षिण कोरियामा रहनुभएका महान मनका धनी सम्पूर्ण नेपालीहरूबाट रु ४ लाख ४२ हजार ३ शय र मगर संसारको तर्फबाट रु १० हजार गरी एकमुष्ट रु ४ लाख ५२ हजार ३ शय संकलन गरी पहिरोबाट मृत्यु भएका तथा घाइते भएका परिवारलाई राहत सहयोग रकम सम्बन्धित पालिकाका जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूको रोहबरमा हाम्रो प्रतिनिधि रामप्रसाद रोका मगरद्वारा मृतक तथा घाइतेहरूको परिवारलाई हस्तान्तरण गरिएको हाे।
साथै मगरले उक्त अभियानमा साथ दिनु हुने दक्षिण कोरियाका सम्पूर्ण नेपाली सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नुभएको छ।






