रसुवाको भाेटेकाेशीमा आएको बाढीका कारण प्रभावित तथा पीडित नेपालीहरूको सहयोगका लागि सिस्टरहुड कोरियाले प्रधानमन्त्री विपद् राहत कोषमा रु. ५५ हजार आर्थिक सहयोग प्रदान गरेको छ।
मातृभूमिमा आएको विपद्का कारण प्रभावित नेपालीहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम प्रदान गरिएको हो।
सिस्टरहुड कोरियाले विनाशकारी बाढीकाे यस दुःखद् घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजन र प्रभावित सम्पूर्णमा गहिरो समवेदना व्यक्त गरेकाे छ।साथै पीडितहरूको साथमा उभिन सबैमा आग्रह गरेको छ।






