समाजसेवी तथा व्यवसायी ओम राउतले १ लाख रुपियाँ नेपाल सरकारलाई सहयोग प्रदान गर्नुभएको छ।
रसुवाकाे भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि समाजसेवी राउतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गर्नुभएको हाे। उहाँ हाल अष्ट्रेलियामा हुनुहुन्छ । उहाँले अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई यसभन्दा पहिले पनि कयौंपटक सहयोग प्रदान गर्नुभएको थियोे ।
मातृभूमिमा परेको विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको राउतले बताउनुभएको छ।






