नेपाल गोरखा परिवार दक्षिण कोरियाले आयोजना गरेकाे खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ अगष्ट १६ तारिखका दिन भव्य रूपमा सम्पन्न भएको छ।
दक्षिण कोरियामा पहिलो पटक विकट क्षेत्रका शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ भव्य रूपमा सम्पन्न गरिएको हाे।
नेपाल सम्पर्क समितिको सहजीकरण, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वय तथा नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा अगस्ट १६ तारिख फेन्थेकस्थित निरमाया रोधीं क्लबको सभाहलमा प्रतियोगिता सम्पन्न गरिएको थियोे ।

कोरियाव्यापी एकल लोकदोहोरी प्रतियोगितामा २३ टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै अनु अधिकारी प्रथम भएकी छन्। उनले उपाधिसँगै ८ लाख कोरियन वन पुरस्कार प्राप्त गरेकी छन्।

त्यसैगरी कृष्णप्रसाद न्यौपाने द्वितीय हुँदै ४ लाख वन र बिपना अधिकारी तृतीय हुँदै ३ लाख वन पुरस्कार प्राप्त गरेका छन्। गीता चनाराले सान्त्वना स्थान हासिल गर्दै मायाको चिनोसहित १ लाख ५० हजार वन प्राप्त गरेकी छन्। प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली कलाकारहरूलाई आफ्नो कला र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक लोकदोहोरी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रतियोगिताको निर्णायक संयोजकमा चर्चित प्रवासी गायक सूर्य खड्का रहेका थिए। निर्णायक सदस्यका रूपमा मिलन थापा, रेबिका लामिछाने, खिम छन्त्याल र कोपिला गुरुङ सहभागी थिए। वाद्यवादनतर्फ बिकाश नेपाली, दिलीप गुरुङ, सुधीर बी.सी., रबीत मगर, समीर नेपाली र हिरा छन्त्याल लगायतकाे साथ रहेको थियोे ।






