
बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
मृतक पुरुषलाई भदौ ४ गते कोरोना पुष्टि भएपनि नौ दिनअघि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।






