नेपाल गोरखा परिवार दक्षिण कोरियाकाे आयोजनामा कोरिया व्यापी खुल्ला लोकदोहोरी प्रतियोगिता आगामी अगस्ट १६ तारिख आइतबार का दिन भव्य रुपमा हुन लागिरहेकाे छ।

घमासान लाइभ टक्करका बीच हुन गइरहेको उक्त प्रतियोगिताका लागि लागि टिम दर्ता खुल्ला भइसकेको आयाेजकले जनाएको छ ।
उक्त प्रतियोगिताका लागि महिला अथवा पुरुष एक व्यक्तिले मात्रै पनि टिम दर्ता गर्न सक्नेछन् त्यसको लागि भाका छोप्ने व्यक्ति नभएमा आयोजक एवं राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कोरिया द्वारा व्यवस्थापन गरिने व्यवस्था रहेकाे छ। प्रतियोगिताका लागि समयमै टिम दर्ता गर्नुहुन पनि आयाेजक काे अनुराेध छ ।
टिम दर्ता गरिसकेपछि आफ्नो परिचय सहित फोटो आयाेजकलाई उपलब्ध गराउनुपर्नेछ । प्रवेश पासको लागि, प्रवेश शुल्क नलाग्ने तर खानाको व्यवस्था आफैंले गर्नुपर्नेछ अथवा आयोजक सँग समन्वय गरेर सहुलियत कुपनको व्यवस्था गर्न सकिनेछ । कलाकारको लागि दोहोरीमा गाउने भाका हरु चल दिइएको छ।
१)कालिपारे दाई
२)बनमा खयर
३)माकुरीको झाल
४)घडी १ र २ दुवै
५)पानफुले पछ्यौरी
६)गोर्खामन कामना
७)भेरी र कर्नाली
८)रातो बरुको
९)गेटमा बेलीजाई
१०)माया जाल बुन्छु म
११)रातो घलेकीमा
१२)आधी खोला
१३)खोटाङ जिल्ला दित्तेल बजार
१४)राईझुमा
१५) उनीको पछ्यौरी झझल्को आइराछ
१६) सेतो सेतो कमेरो माटो
टिम दर्ताको लागि ब्यानरमा उपलब्ध खाता नम्बर सहित ५० हजार वन राखेर टिम दर्ता गर्न सकिनेछ ।थप जानकारीको लागि ब्यानरमा उपलब्ध नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ । साथै आयोजक कमिटी तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कोरिया शाखा सँग सम्पर्क गर्नुहुन पनि अनुरोध आयाेजककाे अनुराेध छ ।







