नेपाली कांग्रेसले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी दिएको छ।बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्वाचित जिल्लाबाहेक अन्य जिल्लामा कार्यादेश सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले बताइन्।
कुन जिल्लामा को ?
- कालिबहादुर सहकारी रुकुम पूर्व
- भरतबहादुर खड्का कञ्चनपुर
- जनकराज गिरी बझाङ र दार्चुला
- भरतकुमार स्वाँर कैलाली
- हरिनादेवी कामी बैतडी
- नरेन्द्रकुमार केरुङ उदयपुर र गोरखा
- गीताकुमारी सेन्दाङ ओखलढुङ्गा
- निश्कल राई स्याङ्जा
- सन्तोष सुब्बा धनकुटा
- प्रकाशसिंह कार्की सङ्खुवासभा
- गीता गुरुङ खोटाङ
- डा. प्रमीलाकुमारी गच्छदार सुनसरी
- रुक्मिणीदेवी कोइराला भोजपुर
- मनमाया विश्वकर्मा नवलपरासी
- सुशीला ढकाल आचार्य ललितपुर
- रिना उप्रेती दोलखा
- फिरदोस आलम बारा
- डा. शाहजान खातुन सर्लाही
- डा. चन्द्रमोहन यादव सिराहा
- निनुकुमारी कर्ण सप्तरी
- रेखाकुमारी यादव पर्सा
- मोहन आचार्य काठमाडौं
- मदनकृष्ण श्रेष्ठ रामेछाप
- डा. गङ्गालक्ष्मी अवाल काभ्रेपलान्चोक
- पवित्रा विक सिन्धुली
- अर्जुननरसिंह केसी सिन्धुपाल्चोक
- सीता थपलिया चितवन र नवलपुर
- योगेश गौचन थकाली लमजुङ र कास्की
- टेकबहादुर गुरुङ लमजुङ र तनहुँ
- रेनुका काउचा पर्वत र प्युठान
- अभिषेकप्रताप शाह रुपन्देही र बाँके
- सन्दीप राना अर्घाखाँची र गुल्मी
- खड्ग शाही जुम्ला
- जयपति रोकाय डोल्पा
- खडकबहादुर बुढा सल्यान र रुकुम पश्चिम
- वासना थापा दाङ र बर्दिया
- विष्णुबहादुर खड्का रोल्पा







