फिफा विश्वकप फुटबलको दोस्रो सेमिपाइनलमा आज राति दुई पुराना प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ । क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई र इङ्ग्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । इङ्ग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ ।

विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएकोमा इङ्ग्ल्यान्ड ३ र अर्जेन्टिना २ खेलमा विजयी भएको छ । अहिलेसम्म अर्जेन्टिनाले ३ र इङ्ग्ल्यान्डले २ पटक उपाधि जितेका छन् ।
विश्वकपमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच २४ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यस्तै यी दुई टाेलीबीच विश्वकपकाे सेमिफाइनलमा पहिलाे प्रतिस्पर्धा हुन लागेकाे हाे ।
यी दुईबीचको खेललाई विश्वकपकै सबैभन्दा चर्चित ‘राइभलरी’ अर्थात् प्रतिद्वन्द्विता मानिन्छ । आजको खेलका लागि अकल्यान्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धामा मैदानभित्रको विवाद र ऐतिहासिक भू–राजनीतिक तनाव जोडिने गर्छ ।
मैदानबाहिरको इतिहास — ‘फकल्यान्ड्स युद्ध
सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ‘फकल्यान्ड्स’ युद्ध भएको थियो । ७४ दिनसम्म चलेको यो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती लडाकु र ३ जना सर्वसाधारणको ज्यान गएको थियो । अर्जेन्टिनामा ‘लास माल्भिनास’ का रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देशबीचको सार्वभौमिकतासम्बन्धी विवादको विषय बनेको छ ।
यो सैन्य द्वन्द्वले दुवै देशका नागरिकको भावनामा गहिरो छाप छाड्यो र त्यसपछि जहिले पनि दुई देशका टोली प्रतिस्पर्धा गर्दा यो पुरानो घाउ फेरि बिउँतिन्छ ।
मैदानभित्रकै विवादास्पद घटनाहरू
१९८६ विश्वकप (मेक्सिको) : डिएगो माराडोनाले क्वाटरफाइनलमा ‘ह्यान्ड अफ गड’ (हातले गोल गरे) पछि “ज्बलम या न्यम“ भनेर चर्चित भयो) र त्यही खेलमा उनैले एक्लै धेरै खेलाडीलाई छल्दै ‘गोल अफ द सेन्चुरी’ (असाधारण गोल) पनि गरे । यो विश्वकप ‘फकल्यान्ड’ युद्धको ४ वर्षपछि भएकोले भावनात्मक रूपमा झन् चर्चित बन्यो ।
१९९८ विश्वकप : अन्तिम १६ मा रेफ्रीले डेभिड बेकहमलाई रातो कार्ड देखाएको र पेनाल्टीमा अर्जेन्टिनाको जीतले यो खेल विश्वकप इतिहासकै चर्चित प्रतिस्पर्धामध्ये एक बनेको थियो ।
२००२ विश्वकप : बेकहमकै पेनाल्टी गोलमा बेलायत विजयी हुँदा अर्जेन्टिना ४० वर्षपछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो ।







