सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवालाई पनि पत्र काटेको छ।
सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँसेर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नु पर्ने भएकाले सात दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
सात दिनभित्र विभागको कार्यालय हरिहरभवन ललितपुरमा उपस्थित नभएमा कानुन बमोजिम अघि बढ्ने समेत टाँस गरिएको सूचनामा उल्लेख गरिएको छ।
‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझरअनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ७ दिन भित्र यस विभागको कार्यालय हरिहरभवन ललितपुर कर्मचारी संञ्चय कोषको भवनको ब्ल्क बीमा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचनारम्याद जारी गरिएको छ। नआए कानून बमोजिम हुनेछ,’ पत्रमा उल्लेख छ।
विभागले पूर्वप्रधानमन्त्री देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजू राणामाथि पनि अनुसन्धान गरिरहेको छ।







