नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७औं अधिवेशन जुलाई १२ (आइतवार) हुदैछ । अधिवेशन नजिकिएसँगै नयाँ नेतृत्व सम्बन्धि नेपाली कांग्रेस दक्षिण काेरियामा आवद्ध सदस्य र कार्यकर्ता मात्र नभई अन्य नेपाली नागरिक हरुले चासोका साथ हेरिरहेका छन् । साथै केही सवालहरु पनि पैदा भएको छ ।
काेरियामा अबकाे ७ औं कार्यकालका लागि नेतृत्व कस्ले गर्नेछ ?
नेतृत्व फेरिने छ कि पुरानै दाेहाेरीने छ ?
अन्य पदाधिकारीहरुमा सहमति भए पनि सभापतिमा के हुन्छ ? चुनाव हाेला कि सहमति ? या नेतृत्व छनाेटमा विवाद हाेलाकी ?
काेरियामा पनि कांग्रेस भित्र केही मतभेद देखिन्छ, उपसभापति रहेका जितेन्द्र रावतले पनि राजिनामा बुझाएको बताएका थिए । के फेरिएको कांग्रेस भित्र प्रवासमा रहेका संगठनहरुमिलनका लागि बदलिन सक्छन् ? यी प्रश्नहरु अधिवेशन लक्षितहुनुका साथै मुख्य विषय बनेकाे छ ।
एक मुख्य स्राेतका अनुसार सभापतिमा भजिन्द्र क्षेत्री र लक्ष्मण दाहालको उम्मेदवारी हुने जनाएको छ। यीमध्ये सहमतिमा जान सकिने पनि स्राेतकाे दाबी छ।
उक्तअधिवेशनमा नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल र प्रतिनिधि सभा सदस्य तथा सचेतक निस्कल राईकाे मुख्य उपस्थिति रहेने बताइएको छ।
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले ७ औं कार्यसमितिको नयाँ पदाधिकारी चयन गर्नका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिसकिएको छ।
उम्मेदवारहरुले जुलाई ७ आज मंगलबार १२ बजेदेखि उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।








