गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् NRNA दक्षिण कोरियाले आइतबार ०२६ जुन २१ तारिखका दिन “श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम–२०२६” सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति संघले हार्दिक आभार तथा धन्यवाद समेत व्यक्त गरिसकेको छ।
सभाध्यक्ष पार्वती तामाङले गर्नुभएको थियोे भने प्रमुख अतिथिका रूपमा श्रम काउन्सेलर मैयाँ कडेल हुनुहुन्थ्यो ।
कडेलले कार्यक्रममा उपस्थित भई श्रमिक तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा महत्वपूर्ण जानकारी, सुझाव र मार्गदर्शन प्रदान गर्नुभयो ।
अनुभव र सुझावहरू प्रस्तुत गर्नुहुने वक्ताहरू—श्रम काउन्सेलर मैयाँ कडेल, मनोपरामर्शदाता डा. सिर्जना थापा, श्रमिक समस्या समन्वयकर्ता तथा MTU अध्यक्ष श्री उदय बहादुर राई, NRNA दक्षिण कोरियाका संरक्षक डा. देवी बहादुर बस्नेत, पूर्व अध्यक्ष तथा संरक्षक श्री बुद्धि गुरुङ, संरक्षक श्री यज्ञराज सुबेदी तथा र ICC उपाध्यक्ष जुनु गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रमकाे स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष तारा पुन मगरले राख्नुभएको थियोे ।
उक्त कार्यक्रममा केही विद्यार्थीहरु उपस्थित भई आफ्ना अनुभव, समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए ।
त्यसैगरी कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, NRNA का संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पञ्जीकृत सदस्यहरूकाे पनि सहभागी रहेको थियो ।
NRNA दक्षिण काेरियाकाे उक्त कार्यक्रमले कोरियामा रहनुहुने नेपाली श्रमिक तथा विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्दै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग, परामर्श र मार्गदर्शन प्रदान गर्ने विश्वास लिएकाे आयाेजककाे भनाइ छ।

आगामी दिनहरूमा पनि नेपाली समुदायको हित, अधिकार संरक्षण, सचेतना अभिवृद्धि तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने संघले जनाएको छ।







