क्षत्री समाज नेपाल शाखा युएईको प्रथम अधिवेशन जुन १४ तारिख आइतबारका दिन बर-दुबईमा हुने भएको छ।
राष्ट्रिय अखण्ड र जातीय सद्भावका निम्ति क्षत्री एकता , आजको आवश्यकता भन्ने मुल नाराका साथ क्षत्रि समाज यूएई शाखाले प्रथम अधिवेशन जुन १४ तारिख आइतबारका दिन भव्य रुपमा गर्ने भएको छ।
उक्त अधिवेशन याक एण्ड यति वर दुवइमा गरिने सिन्धुपाल्चोक सेवा समाज यूएईका पूर्वअध्यक्ष दिपक राउतले बताउनुभएको हाे।
उक्त अधिवेशनमा सम्पूर्ण युएई बासी नेपाली खस–क्षत्री दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थिति जनाउनका लागि पनि आयाेजकले निमन्त्रणा गरेका छन् ।
क्षत्री समाज नेपाल शाखा युएईको प्रथम अधिवेशन यही आइतबार, १४ जुन २०२६ मा बर-दुबई, युएई मा सम्पन्न हुन गइरहेको हाे।
नेपालको इतिहास, संस्कृति, वीरता, राष्ट्रप्रेम, त्याग र स्वाभिमानको गौरवशाली पहिचान बोकेको खस–क्षत्री समुदायले सदियौँ देखि राष्ट्र निर्माण, सामाजिक एकता तथा सभ्यताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। हाम्रा पुर्खाहरूको वीरता, संस्कार, परम्परा र सामाजिक मूल्यलाई जगेर्ना गर्दै भावी पुस्तासम्म पुर्याउनु हामी सबैको साझा दायित्व रहेकाे बताइएको छ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति, रीतिरिवाज तथा आपसी सद्भावलाई सुदृढ बनाउन आयोजित ऐतिहासिक प्रथम अधिवेशनमा नेपालीहरूको गरिमामय उपस्थितिका आयाेजक टिमले हार्दिक अपेक्षा गरेका छन्।







