सविना कार्की
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको आयोजनामा- गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम अप्रिल २५ तारिख शनिबार साँझ हुने तय भएको छ।
महासचिव पुष्प भण्डारीका अनुसार उक्त कार्यक्रम भाग–५ रहेको छ समाज काेरियामा विभिन्न समस्यामा रहेका नेपाली समुदायलाई लक्ष्यित गरि यस्तै लाभदायक कार्यक्रमहरु गर्दै आइरहेको छ।
दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई जानकारी गराउन चाहन्छौं ,
गण्डकी प्रदेश समाज, दक्षिण कोरिया द्वारा आयोजित गण्डकी स्वास्थ परामर्श भाग-५, विशेष स्वास्थ्य–सन्देशमूलक कार्यक्रम यही २०२६ अप्रिल २५ तारिख सम्पन्न हुने बारे महासचिव पुष्प भण्डारीले सम्पूर्णमा जानकारी दिनुभएको हाे।
उक्त कार्यक्रममा प्रस्ताेता : डा. कमला के. सी
अतिथि वक्ता एवं परामर्शदाता : डा. रमेश शर्मा
(छाला तथा याैन राेग विशेषज्ञ ) हुनुहुन्छ ।
कार्यक्रममा छाला तथा याैन राेग सम्बन्धी विविध जिज्ञासाहरूमा प्रकाश पार्नुहुने बताइएको छ।
तपशिल;
मिति : २०२६ अप्रिल २५,शनिबार
नेपाली समय बेलुका५:००–६:००
कोरियन समय : बेलुका ८:१५–९:१५
# Pokhara Television बाट प्रत्यक्ष प्रसारण हुनेछ।
# गण्डकी प्रदेश समाजको अफिसियल फेसबुक पेजबाट LIVE
दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू लाई लाइभमा सहभागी भई आफ्ना जिज्ञासा राख्न आयाेजककाे अनुरोध रहेकाे छ।
साथै, कार्यक्रमपछि पनि आफ्नो समयअनुकूलतामा डा. रमेश शर्मा ज्यू सँग Whatsapp मार्फत व्यक्तिगत Follow-up लिन सकिने व्यवस्था समेत रहेकाे जनाएको छ।








