सविना कार्की
एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष गंगा खतिवडा सम्मानित हुनुभएको छ। उहाँलाई एनआरएनए दक्षिण कोरियाले सउलमा सम्मान गरिएको हाे।
गत आइतबार अप्रिल १९ तारिकका दिन एनआरएनए दक्षिण कोरियाको हेल्प डेस्कको कार्यलयमा आयोजित एक कार्यक्रममा एनआरएनए काेरियाका अध्यक्ष बिपिन कुमार गुरुङले स्वागत तथा सम्मान गर्नुभएको हो।
उक्त कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष गुरुङ तथा पूर्व आईसीसी अध्यक्ष विनोद कुँवरसमेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी दक्षिण कोरियाका एनआरएनएका बरिष्ठ उपाध्यक्ष जित कुवरं , महासचिव नरेश शर्मा, सचिव टार्जन वान्त्वा राई , कोषाध्यक्ष यज्ञमान नायक, सहकोषाध्यक्ष सुस्मा तामाङ लगायत बिबिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको हाे।
भेटघाटका क्रममा सहभागीहरूबीच दक्षिण कोरियामा रहेको एनआरएनए समुदायको एकता, सहकार्य र संस्थागत मजबुतीका विषयमा पनि छलफल भएको जनाइएको छ।
आगामी दिनमा संगठनलाई अझ प्रभावकारी र सुदृढ बनाउन सबै पक्षको सक्रिय पहल हुनुपर्नेमा सह-कोषाध्यक्ष गंगा खतिवडाले जोड रहने बताउनुभएको छ।







