सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेश आज अप्रिल १९ तारिखका दिन दक्षिण काेरियाकाे राजधानी सउलमा भव्यताका साथ सम्पन्न भएको छ।

आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको हाे।
समाजका अध्यक्ष राजु लामाको सभाध्यक्ष र कोरियामा रहेका बिभिन्न संघ सस्थाको प्रतिनिधिहरुकाे बाक्लो उपस्थितिमा अधिवेशन सम्पन्न हुनुका साथै उद्धव नेपाल खत्रीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवको जिम्मेवारी भुवन दाहालले पाएका छन् भने कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा, राजेश पराजुली, कुमारी तामाङ, आरजु खनाल, रुजन ढकाल, प्रज्वल तामाङ र रवी खड्का चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सहयोगलाई अझ सुदृढ बनाउँदै समुदायको हितमा काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए। साथै, संस्थाले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेसनको अवसरमा 𝐌𝐓𝐔 का अध्यक्ष उदय राइ लाई सम्मान र हौसला स्वरुप सहयोग रकम र पाचौ कार्यसमितिले आफ्नो कार्यकालमा रहेको सल्लाहकार सरक्षक लाइ सम्मान गरेकाे हाे।







