नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाका उपसभापति रहनुभएका जितेन्द्र महतले उक्त पदबाट राजिनामा दिएको एक प्रेस नाेट मार्फत सार्वजनिक गर्नुभएको छ।
उपसभापति महतले उक्त जानकारी अप्रिल १७ तारिख शुक्रबार बेलुकी दिनुभएको हाे।
यस्तो छ महतकाे राजीनामा प्रेस नाेट

हालसालै मेरो नाममा विभिन्न संघ–संस्थाबाट परिपत्र/निमन्त्रणा जारी भएका तथा आगामी दिनहरूमा पनि यस्तै प्रकृतिका परिपत्रहरू आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै म यस नोटमार्फत स्पष्ट पार्न चाहन्छु कि मैले नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको उप–सभापति पदबाट राजीनामा दिएसँगै पार्टी/संगठनको कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी सम्बन्धित सबैमा अवगत गराउन चाहन्छु।
उक्त संगठनमा आबद्ध रहँदा नेपाली समुदायको सेवा गर्ने, संगठनलाई सुदृढ बनाउने योगदान पुर्याउने तथा विभिन्न सामाजिक र राजनीतिक गतिविधिहरूमा सहभागी हुने महत्वपूर्ण अवसर प्राप्त हुनुका साथै यस दौरानमा साथ, सहयोग, विश्वास तथा समर्थन प्रदान गर्नु हुने सम्पूर्ण अग्रज, सहकर्मी, साथीहरू तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
मेरो कार्यकालमा प्राप्त अनुभवहरू सधैं प्रेरणादायी र स्मरणीय रहनेछन्। आगामी दिनहरूमा पनि सामाजिक तथा रचनात्मक कार्यहरूमा निरन्तर सक्रिय रहने आवश्यकताको अनुभूति गर्दै सोही अनुरूप कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछु। राजनीति मेरो लागि पेशा नभई सेवा भावले प्रेरित र देश, समाज विकासको मेरुदण्ड भएकाले पदमा बहाल हुँदा वा नहुँदा अगाडि बढ्दा वा नबढ्दा नेपाल र नेपाली समुदायको बृहत्तर हित/ भलाईमा बुद्धि,विवेक, क्षमताले भ्याएसम्म इमान्दारितापूर्वक योगदान गर्ने बचनबद्धता प्रकट गर्दछु।
यस राजीनामाबाट आदरणीय मार्गदर्शन गर्ने अग्रज, सहकर्मी, शुभचिन्तक महानुभावहरुमा पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दै दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समिति अग्रजहरुमा सम्मान र अनुज महानुभावहरुमा माया सदैव कायम रहनेछ। आगामी दिनहरूमा समेत सद्भाव र सहयोगको अपेक्षा राख्दछु।
अन्त्यमा, यस स्थानसम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति पुनः हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु।
जय नेपाल!
हजुरहरुको स्नेही
जीतेन्द्र सिंह महता







