सविना कार्की
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाकाे उद्यमशीलता कार्यक्रम अप्रिल १८ तारिख शनिबारका दिन हुने भएको छ।
“भाग-२” रहेकाे याे कार्यक्रम अप्रिल १८, शनिबार ,काेरियाकाे समय बेलुका ८:१५-९:१५ सम्म हुने गण्डकी प्रदेश समाजका महासचिव पुष्प भण्डारी ले हाम्रो कान्तिपुरलाई जानकारी दिनुभएको हाे।

” प्रवासीबाट उद्यमीका यात्रा तर्फ” प्रवासमा आर्जन गरिएको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा उद्यमका रूपमा रूपान्तरण गर्न प्रेरित गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “उद्यमशीलता कार्यक्रम” सञ्चालन गरेको जनाईएकाे छ।
कार्यक्रमका विशेष अतिथि सफल उद्यमी श्री सर्वाेदय ढकाल हुनुहुन्छ, जसले दक्षिण काेरियामा लामाे समय काम गरेर स्वदेश फर्किएपछि नेपालमा कैलाश एग्रो तथा कृषि फार्म आँधिखोला गाउँपालिका वडा नम्बर ६ स्याङ्जामा ( बाख्रा र भैसी पालन) , कैलाश कुटी एण्ड कटेज (पोखरा २२ ठुलढुङ्गा सिद्धार्थ हाइवे मा) साथै विरौटा स्केट पार्क तथा प्लेजोन (पोखरा १७ विरौटामा )व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।
उहाँको अनुभव र प्रेरणादायी यात्राले प्रवासी नेपालीहरूमा स्वदेशमै अवसर खोज्ने हौसला जगाउने विश्वास संघले लिएको छ।
उक्त कार्यक्रमका प्रस्तोता डा. बाबुकाजी श्रेष्ठ हुनुहुन्छ, जसले कार्यक्रमलाई जानकारीमूलक र संवादमुखी ढङ्गले सञ्चालन गर्नुहुनेछ बताएको छ । जुन कार्यक्रम गण्डकी प्रदेश समाजको अफिसियल पेज र पाेखरा टेलिभिजन बाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
गण्डकी प्रदेश समाजले प्रवासी नेपालीहरूलाई “रोजगारी मात्र होइन, स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्यमी बनौँ” भन्ने सन्देशका साथ उद्यमशीलताको अभियान निरन्तर अगाडि बढाउँदै जाने आश्वासन राखेकाे छ ।






