सुदूरपश्चिम समाज दक्षिण काेरियाकाे दिपेन्द्र राेकाया पक्षको सुदूरपश्चिमको मौलिक पर्व बिसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम शनिबार अप्रिल ११ तारिखका दिन सम्पन्न भएको छ ।
सुदूरपश्चिमको मौलिक पर्व बिसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण काेरियाका अध्यक्ष दिपेन्द्र राेकायाले बताउनु भएको छ।

साथै अध्यक्ष राेकायाले उक्त कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण अतिथिगण कलाकार एवं सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
अध्यक्ष राेकायाले यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ भव्य, सभ्य तथा सफल बनाउन महत्वपूर्ण योगदान पुगेको बताउदै सम्पूर्ण सहभागी महानुभावहरू प्रति हामी हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गर्नु भएको हाे ।






