सिन्धु बासिहरुका लागि कुनै समस्या आइपर्ने बित्तिकै जुरुक्क उठेर सहयोग गरिहाल्ने समाज – अर्थात सिन्धुपाल्चोक समाज दक्षिण कारियाले यहि अप्रिल १९ तारिखका दिन छैठौं अधिवेशन गर्ने भएको छ।
समाजले अधिवेशन काेरियाकाे राजधानी सउलस्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने अध्यक्ष राजु लामा राज लाेप्चनले बताउनुभएको हाे।
आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनकाे आधार भन्ने मुल नाराका साथ समाजले अधिवेशन सम्पन्न गर्ने भएको छ।

उक्त समाजले अधिवेशनकाे कार्यक्रम सुचारु हुने समय बिहान ११:३० बजे बताइएको छ।
सिन्धुपाल्चोक समाज दक्षिण काेरियाले स्थापना कालदेखिनै बाढि पहिराे पिडित र विपन्न गरिब वर्गका सिन्धु बासिहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेकाे छ ।
साथै समाजले आर्थिक अभावका कारण उपाचार नपाएका विमारीहरुका लागि पनि आर्थिक सहयोग संकलन गरि हालका दिनहरुमा पनि सहयोग प्रदान गरिरहेकाे छ ।






