सविना कार्की
दिपेन्द्र राेकाया पक्षको सुदूरपश्चिम समाज द.काेरियाले अप्रिल ११ तारिखमा नेपाल थाई रेस्टुरेन्टकाे सभाहलमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम भव्य रुपमा गर्ने भएको छ।
संस्कृति प्रवर्द्धन हाम्रो सान परदेशी भुमिमा सुदूरपश्चिमकाे पहिचान भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न गर्न लागिएको छ।
उक्त कार्यक्रम सुदूरपश्चिमको मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३ को पावन अवसर पनरेर नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम गरिने भएको अध्यक्ष दिपेन्द्र राेकाेयाले बताउनुभएको हाे।

कार्यक्रममा कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिको लागि अध्यक्ष राेकायाले हार्दिक अनुरोध गर्नुभएको छ।







