काठमाडौं, चैत १४ – आज बिहान पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ लगत्तै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइए पनि अब २ नम्बर गणमै राखिन लागेको हो ।







