आजनै प्रधानमन्त्रीकाे सपथ ग्रहण गर्न लागेका राष्वपाका संसदीय दलका नेता बालेन्द्र शाह बालेनलाई नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाका उपसभापति जितेन्द्र महतले अग्रिम बधाई दिएका छन् ।
यस्तो छ महतकाे बधाई सन्देश
आज देशले एक जोसिला, साहसी र ईतिहासकै कान्छा युवा नेतृत्व ईन्जिनियर माननीय श्री बालेन्द्र शाह( बालेन) लाई सम्माननीय प्रधानमन्त्रीका रूपमा पाउने भएको छ।
युवाहरुको नयाँ आशा, ऊर्जा, रक्त संचारको सुरुवात सँगै पछिल्लो समय आलोपालो गर्दै चलेको प्रधानमन्त्री पदको आज अन्त्य हुने भएको छ।
“सकारात्मक सोचेर काम गरौं।”
तत्काल प्रश्न गर्ने समय होइन, साथ दिने समय हो।
केही समय आलोचना होइन, विश्वास र सहयोगको खाँचो छ।
हिजोका कालो इतिहास, भ्रष्टाचार र निराशाको अध्याय बन्द गर्ने जिम्मेवारी उहाँको काँधमा छ। तर त्यसलाई सफल बनाउने शक्ति हामी सबै देश र विदेशमा बस्ने नेपालीको एकता र समर्थनमा निहित छ।
साना–साना विषयमा अल्झिएर यो ऐतिहासिक अवसरलाई कमजोर नबनाऔं।बरु एकजुट भएर देश बनाउने अभियानमा हातेमालो गरौं।
यो समय देशले इतिहास लेख्ने समय हो र त्यो इतिहास उज्यालो बनाउने जिम्मा हामी सबैको हो।
हिजो राति प्रधानमन्त्रीको सपथ ग्रहणको पूर्व सन्ध्यामा बालेनको सार्वजनिक “जय महाकाली” को गर्जनले झल्काएको सार,साहस, त्याग र परिवर्तनको भावना आज राष्ट्रले त्यहीँ जोश नेतृत्वमा देख्न चाहेको छ।
तपाईंको नेतृत्वमा देशले केवल सरकार होइन। एक दृढ संकल्प, एक नयाँ सोच र एक न्यायपूर्ण भविष्यको अपेक्षा गरेको छ।
अग्रिम हार्दिक बधाई तथा सफल, साहसी र परिवर्तनकारी कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय महाकाली! जय नेपाल🇳🇵
हामी देश बनेको हेर्न चाहन्छौं। 🇳🇵🇳🇵
प्रकाशित मिति – चैत १२ गते २०८२







