नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा, जेछन नेपाली समाज तथा जेछन एफसीद्वारा आयोजना गरिएको सर्वाधिक धनराशीको प्रथम काष्ठमाण्डप कप २०२६ सफलतापूर्वक मार्च २२ आइतबारका दिन सम्पन्न भएको छ।

प्रबासी भुमी दक्षिण कोरियाको छुङछङबुक्दो प्रान्तको जेछन नेपाली समाज र जेछन नेपाली फुटबल क्लबको संयुक्त आयोजनामा गरिएको काष्ठमण्डप फुटसल कप प्रतियोगिता 2026 को उपाधि तेह्रथुम फुटबल क्लबले जितेकाे छ ।
” प्रबासी भुमिमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता ” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा आयोजक सहित ४२ फुटबल टिमको सहभागिता रहेको थियो।
” ए ” पोलबाट सेमीफाइनलमा फाजु फुटबल क्लबलाई पराजित गरि तेह्रथुम फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” बि ” पोलबाट हापतोक फुटबल क्लबलाई पराजित गरि मुनाल फुटबल क्लबले फाइनलको भिडन्त सुरक्षित गरेको थियो ।
फाइनलमा रेफ्रीको अन्तिम सिटी समाप्ति संगै तेह्रथुम फुटबल क्लबले मुनाल फुटबल क्लबलाई शुन्यको बिरुद्ध एक गोल अन्तरले पराजित गरि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हाे l
उक्त फुटसल प्रतियोगिताको बिजयी टिम तेह्रथुम
फुटबल क्लबले नगद राशी 41,41,141 अक्षरुपी एकचालिस लाख एकचालिस हजार एक सय एकचालिस रुपैया वान सहित ट्रफि मेडल प्रमाण – पत्र हासिल गरेको थियो भने उप – बिजयी टिम मुनाल फुटबल क्लबले नगद राशी 21,21,121 अक्षरुपी एकाईस लाख एकाईस हजार एक सय एकाईस रुपैया वान सहित मेडल ट्रफि प्रमाण – पत्र मै चित्त बुझाउनु बाध्य भएको थियो l
त्यसरी नै सेमिफाइनलिष्ट दुवै टिम फाजु फुटबल क्लब र हापतोक फुटबल क्लबले जनही नगद राशी 4,44,444 अक्षरुपी चार लाख चवालिस हजार चार सय चवालिस रुपैया वान प्राप्त गरेको थियो l
साथै ब्यक्तिगत विधा तर्फ सर्बोपरी उत्कृष्ट खेलाडीको उपाधि मुनाल फुटबल क्लबका मोहन अर्याल लाई घोषित सहित नगद राशी 1,51,151 अक्षरुपी एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैया वान ट्रफि मेडल प्रमाण – पत्र हासिल गर्यो साथै उत्कृष्ट गोल किपर तेह्रथुम फुटबल क्लबका अमन कार्की चुनिए भने उच्च गोलकर्ता तेह्रथुम फुटबल क्लबका बिजय बस्नेतले प्राप्त गर्न सफल भएको थियो l उत्कृष्ट हुने दुवै खेलाडीहरुलाई प्रोत्साहान स्वरूप जनही नगद राशी 1,11,111 अक्षरुपी एक लाख एघार हजार एक सय एघार रुपैया वान सहित मेडल ट्रफि र प्रमाण – पत्रले पुरस्कृत गरिएको थियो l
कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष हेमन्त गुरुङ ज्यू , फुटबल महासंघका संस्थापक अध्यक्ष तथा संरक्षक ब्रो o तमु ज्यू , महिला फुटबल परिवारका संयोजक एवम् फुटबल महासंघका बर्तमान महिला उपाध्यक्ष डा. कमला ओली साउद ज्यू , आयोजक जेछन नेपाली फुटबल क्लबका संस्थापक पशुपति गुरुङ ज्यू लगायत फुटबल महासंघका पदाधिकारी ज्यूहरुको पनि उपस्थिति रहेको थियो l
मुख्य प्रायोजक Jeonbuk bank र नमस्ते क्याफे सुवनले गर्नु भएको थियो l रेमिट पार्टनर E9 pay रहेको थियो भने आशियान फुड मार्ट छनानको पनि सहकार्य रहेको थियो l मिडिया सहयोगीको रुपमा बिशाल आवाज मिडिया , हाम्रो कान्तिपुर डट कम , Nk news केन्द्रबिन्दु , फोनिज न्युज डट कम रहेको थियो भने फोटोग्राफी / भिडियोग्राफी Frames by Ranjit ले भूमिका निभाउनु भएको थियो l
प्रबासको भुमीमा बिगत लामो समयदेखि नेपाली फुटबलको विकासको सर्बोपरी हितको लागि अमुल्य योगदान दिनू हुने नेपाल फुटबल महासंघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा हाल संरक्षक ब्रो तमु ज्यू , फुटबल महासंघका बर्तमान अध्यक्ष हेमन्त गुरुङ ज्यू , नेपाल महिला फुटबल परिवारका संयोजक डा. कमला ओली साउद ज्यू , आयोजक जेछन नेपाली फुटबल क्लबका संस्थापक पशुपति गुरुङ ज्यू साथै बिशेष गरि नेपाली फुटबल माझ चिरपरिचित नेपाली फुटबल खेलाडीहरुलाई मार्गनिर्देश गर्ने पूर्व लम्जुङ फुटबल क्लबका अनुशासित अग्रज खेलाडी रमेश गुरुङ ज्यू लगायतलाई आयोजक जेछन नेपाली फुटबल क्लबको तर्फबाट दोसल्ला सहित मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
अन्यन्तै व्यवस्थित र सौहार्दपूर्व बातावरणमा सम्पन्न उक्त फुटसल प्रतियोगिता कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्न अहोरात्र खटिनु हुने स्वयमसेवकहरु, उपस्थित फुटबल महासंघका पदाधिकारी ज्युहरु समस्त खेलाडी एवम् फुटबल क्लबहरुका प्रतिनिधि ज्यूहरु , फुटबलप्रेमी दर्शक महानुभावहरु लगायत सहयोगी दाताहरुलाई आयोजक कमिटिका संयोजक राज थापा श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।







