भुवन चाैलागाई
गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम मार्च २१ मा हुने, भएकोले हाडजोर्नी तथा नशाराेका बिरामीका लागि लाभदायक हुनेछ।
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको आयोजनामा- गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम, भाग–४ यहि शनिबार हुने भएको छ।
दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई जानकारी गराउदै गण्डकी प्रदेश समाज, दक्षिण कोरिया द्वारा आयोजित गण्डकी स्वास्थ परामर्श भाग-४, विशेष स्वास्थ्य–सन्देशमूलक कार्यक्रम यही २०२६ मार्च २१ गते सम्पन्न हुने समाजका महासचिव पुष्प भण्डारीले बताउनुभएको हाे।
कार्यक्रमकाे थप विवरण तल हेर्नुहाेस ।

प्रस्ताेता : डा. कमला के. सी
अतिथि वक्ता एवं परामर्शदाता : डा. टिकाराम पाैडेल( हाडजोर्नी तथा नशा राेग विशेषज्ञ ) हाडजोर्नी तथा नशाराेग सम्बन्धी विविध जिज्ञासाहरूमा प्रकाश पार्नुहुनेछ।
तपशिल;
मिति : २०२६ मार्च २१,शनिबार
नेपाली समय बेलुका५:००–६:००
कोरियन समय : बेलुका ८:१५–९:१५
# Pokhara Television बाट प्रत्यक्ष प्रसारण
# गण्डकी प्रदेश समाजको अफिसियल फेसबुक पेजबाट LIVE
दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू लाई लाइभमा सहभागी भई आफ्ना जिज्ञासा राख्न गण्डकी प्रदेश समाजले अनुरोध समेत गरेकाे छ।
साथै, कार्यक्रमपछि पनि आफ्नो समयअनुकूलतामा डा. टिकाराम पाैडेल ज्यू सँग Whatsapp मार्फत व्यक्तिगत Follow-up लिन सकिने व्यवस्था समेत भएको जनाएको छ।
समाजकाे उक्त कार्यक्रमले प्रवासमा बस्नुहुने नेपालीको स्वास्थ्य सहजीकरणमा थप सहयोग पुर्याउने। अपेक्षा गरिएको महासचिव पुष्प भण्डारीले बताउनुभएको छ।
प्रकाशन मिति मार्च २०







