बुधबार ०२६/०३/१८
प्रबासी भुमी दक्षिण कोरियाको छुङछङबुक्दो प्रान्तको जेछन नेपाली समाज र जेछन फुटबल क्लबको आयोजनामा हुन गई रहेको काष्ठमण्डप फुटसल कप प्रतियोगिता अन्तिम तयारी पुरा भएको छ ।
” प्रबासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवस्यकता ” भन्ने मूल नाराका साथ आयोजित उक्त फुटसल प्रतियोगिता यही आउदो मार्च 22 तारिख आइतबार मेट्रो लाइन नम्बर 1 को छनान आसान स्टेशन छेउ फुटसल मैदानमा हुनेछ ।
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेर संचालन गरिने सर्वाधिक धनराशी पुरस्कार रहेको उक्त फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद राशी 41,41,141 लाख वान र दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद राशी 21,21,121 लाख वान साथै सेमीफाइनलिस्ट दुवै टिमहरुलाई जनही नगद राशी 4,44,444 लाख वान प्रदान गरिनेछ।
साथमा प्रतियोगिता भरि उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुको लागि विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद राशी 1,51,111 लाख वान, उत्कृष्ट गोलकिपरलाई नगद राशी 1,11,111 लाख वान र उच्च गोलकर्ता खेलाडीलाई नगद राशी 1,11,111 लाख वानको साथमा ट्रफिहरु पनि प्रदान गरिनेछ ।
आयोजक सहित 41 वटा फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगितामा सहयोगीको रुपमा छनबुक बैंक ( Jeonbuk Bank ) र नमस्ते क्याफे ( Namaste Cafe ) सुवन रहेको छ l उक्त प्रतियीगितालाई सफलतासाथ सम्पन्न गर्नको निम्ति समस्त खेलाडी लगायत खेलप्रेमी महानुभावहरुलाई फुटसल मैदानमा उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेकाे छ ।








